काठमाडाैं – बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । आज सुनकाे मूल्य तोलामा १ हजार ७०० ले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी १ हजार ९६५ रुपैयाँमा बेचबिखन भइरहेको छ ।
मङ्गलबार प्रतितोला सुन एक लाख ८९ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।






About Us
प्रतिक्रिया