काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्तिमा कुनै समस्या नभएको बताएका छन् । उनले मंगलबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्र बैंकका कारण नै गभर्नर नियुक्त हुन नसकेको बताएका हुन् ।
सभापति देउवाले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको जिकिर गर्दै राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको दावी गरेका हुन् । सभापति देउवाले भने, ‘गठबन्धनमा कुनै समस्या छैन। गर्भनरको नियुक्ति ढिलो हुनुको कारण राष्ट्र बैंक भित्रकै समस्या हो।’
सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि बताएका छन् । पछिल्लो पटक सभापति देउवा र प्रधानमन्त्री ओलीबीच गभर्नर नियुक्तिमा सहमति भइसकेको बताइएको छ।






About Us
प्रतिक्रिया