काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालिका प्रबन्ध निर्देशक नवराज निरौला र नेपाल मिडिया हाउसविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले गाउँपालिकाको विद्युत् पोल गाड्ने तथा तार तान्नेको लागि खरिद प्रक्रिया गोप्य राखेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले सार्वजनिक खरिद ऐन विपरीत सूचना गोप्य राखी झुट्टा विवरणसहितको बिलमार्फत १ लाख ४२ हजार १६० रकम भुक्तानी गरेको पुष्टि भएको छ ।
बोलपत्र आव्हानको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सूचना प्रकाशन नगरी नगराई लुकाई, छिपाई फेटा गाउँपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी गाउँपालिकाको ठेक्काको लागि मात्रै अभिलेखमा राखिएको पाइएको हो ।





About Us
प्रतिक्रिया