अब अनलाइनबाटै स्वास्थ्य बीमाको नवीकरण गर्न सकिने


काठमाडौं – अब स्वास्थ्य बीमामा आबद्ध बीमितले अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन्। स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै अब बीमितले स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सक्ने जानकारी गराएको हो।

स्वास्थ्य बीमामा आबद्ध परिवारले खल्ती, ई–सेवा र कनेक्ट आईपीएसमार्फत घरमूलीको बीमा नम्बर राखी साथै नागरिक एपमा लिंक गरी नवीकरण गर्न सकिने जानकारी दिएकाे छ ।