एनएमबि लघुवित्तको स्वतन्त्र सञ्चालकमा अधिकारी


काठमाडौं– एनएमबि लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा हरि गोपाल अधिकारी नियुक्त भएका छन् । संस्थाको वैशाख २२ गते बसेको सञ्चालक समितिको १७३ औं बैठको निर्णय अनुसार अधिकारी सो पदमा नियुक्त भएका हुन् ।

अधिकारीको कार्यकाल वैशाख २२ गतेदेखि सुरु भएको छ ।