हिमालयन रि इन्स्योरेन्सद्वारा ४.५० प्रतिशत लाभांश प्रस्ताव 


काठमाडौं– हिमालयन रि इन्स्योरेन्स कम्पनीले २०८०/८१ सम्मको विवरण योग्य मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको ७१ औं बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोडको ४.५० प्रतिशतले हुन आउने रकम ४६ करोड ८० लाख बराबरको बोनस शेयर र ०.२४ प्रतिशत अर्थात् २ करोड ४६ लाख ३१ हजार ५ सय रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  

कम्पनीले उक्त प्रस्ताव स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ । साथै, उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् कार्यान्वयन हुने छ ।