‘बीमा प्राधिकरण अध्यक्ष नियुक्ति मापदण्डविरुद्ध छ, तत्काल छानबिन हुनुपर्छ’


काठमाडौं – प्रतिनिधिसभा सदस्य गंगा कार्कीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिमा मापदण्ड नपुग्नेको भन्दै तत्काल छानबिनका लागि माग गरेका छन् । मंगलबारको प्रतिनिसभा बैठकको शून्य समयमा बाेल्दै कार्कीले प्राधिकरणको अध्यक्ष नियुक्तिका सम्बन्धमा छानबिन गरी तत्काल सदनलाई जानकारी गराउन माग गरेका हुन् ।

यस्तै, उनले स्वास्थ्य बीमा बोर्डले सेवामा झमेला सिर्जना गर्दै सर्वसाधारणलाई सेवाबाट वन्चित गराएकाे बताए ।

कार्कीले भने,‘ स्वास्थ्य बीमा केन्द्र तोकिएको छ । सो केन्द्रबाट रिफर गरिएको पेपर नल्याई अन्य अस्पतालमा बीमा सेवा लिन नपाइने अवस्था छ । ठूलो अस्पतालमा केन्द्र तोकिएको भए सानो अस्पतालाम बीमा सेवा रिफर गर्न नपाइने अवस्था छ । जुन रोगको रिफर लेटर छ, त्योभन्दा अर्को रोग देखिएमा बीमा सेवा लिन नपाइने अवस्था छ।’

साथै, रोग उपचारको प्याकेज बनाइकाले सर्वसाधारणले सेवा लिन नपाएको भन्दै  कार्कीले स्वास्थ्य बीमामा बिचाैलियाकाे खेल भएकाे बताए ।