एकैदिन तोलामा ५ हजार ३ सयले बढ्यो सुनको मूल्य


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८९ हजार ९ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि ५५ रुपैयाँले बढेको छ । यससँगै आज चाँदी १ हजार ९६५ रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।