अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको ४ लाख ३५ हजार बराबरको सामान नियन्त्रणमा


काठमाडौं – कैलालीको विभिन्न स्थानहरूबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएको सामान बरामद गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले  धनगढी – १ साल ट्रेडिङ नजिक, ऐ. ७ बेली, ऐ.९ त्रीवेणीघाट, कैलारी- १ मझेरा, भजनी – ७ हिम्मतपुर र टीकापुर- ७ डाडाबोजीबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य रु.४,३५,७००।– बराबरको बिडी, सुर्ती, पेय पदार्थ, कुर्ती, रोलर ब्रस, चुरन, प्लास्टिक डोरी, प्लास्टिक झिल्ली, सिद्रा माछा, मोटरसाइकल थान-२ लगायतका सामानहरू बरामद गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।