काठमाडौं – साताको दोस्रो कारोबारको दिन सोमबार पनि शेयर बजारमा गिरावट देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशलमव ६२ अंकले घटेर २,६१० को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१९ कम्पनीको १ करोड ८४ लाख ३७ हजार ९४२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटिजन्स सुपर ३० म्युचुअल फन्डका इकाईधनीले पनि १० प्रतिशतका दरले कमाएका छन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् । सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ , ओम मेगाश्री लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य ९.३० प्रतिशत, राधि विद्युत कम्पनीको ७.४२ प्रतिशत, युनिभर्सल पावर कम्पनीको ७.१७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।



About Us
प्रतिक्रिया