नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभामा


काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई दोस्रो वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको वैशाख २१ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णयले जेठ १६ गते भक्तपुर गार्डेन रिसोर्ट भरतपुर चितवनमा साधारण सभा बाेलाएकाे हाे ।

साथै, उक्त सभा सम्पन्नका लागि जेठ ८ गते शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने भएको छ । जसकारण नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा जेठ ७ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।