काठमाडौं – काजु नामक ह्याकरले नेपाल प्रहरीको वेवसाइट ह्याक गरेको छ । डाटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा पोस्ट गर्दै उक्त ह्याकरले आफूसँग २० हजार जना नेपाली नगरिक संवेदनशील डाटा रहेको जनाएको हो ।
ह्याकरले उक्त डाटाको मुल्य ७ हजार डलर रहेको उक्त पोस्ट मार्फत बताएको छ, जसको नेपाली मुल्य ८ लाख भन्दा बढी हो । ह्याकरको पोस्टमा यस्तो भनिएको छ, ‘नेपाल प्रहरी गृह मन्त्रालय अन्तर्गत कार्यरत नेपालको केन्द्रीय कानून प्रवर्तन निकाय हो ।’
आधिकारिक वेबसाइट, https://www.nepalpolice.gov.np/ ले राष्ट्रिय प्रहरी कार्यहरूको लागि केन्द्रकोरूपमा काम गर्छ । जसले एफआरआइ दर्ता, उजुरी ट्र्याकिङ, अधिकारी निर्देशिकाहरू जस्ता सेवाहरूमा पहुँच प्रदान गर्छ ।
तर, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले नेपाल प्रहरीको वेवसाइट ह्याक नभएको दावी गरेका छन् ।






About Us
प्रतिक्रिया