काठमाडौं – प्रतिनिधि सभा सदस्य रेखा यादलवले सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई ठट्टाको विषयमा लिएको आरोप लगाएकी छिन् । सोमबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद यादवले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सकिरहेका छैनौँ आखिर किन? भन्दै प्रश्न गरिन् ।
उनले भनिन्,’नेपालको केन्द्रीय बैंकको गभर्नर नियुक्तिमा किन ढिलाइ भइरहेको छ ? आर्थिक कारोबारको हल्ला चलिरहेको छ। यो के हो? किन यस्तो भइरहेको जवाफ दिनुपर्यो ।’
उनले थपिन् ‘राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने विषयलाई किन ठट्टाको रूपमा लिइएको छ । हामीले किन गम्भीर रूपमा लिएनौ उनले प्रश्न गरिन्।
प्रतिक्रिया