सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

प्रतिताेला ५ सय रूपैयाँले बढ्याे सुन


काठमाडौं – साेमबार नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।

यससँगै सुन आज प्रतितोला छापावाल १ लाख ८४ हजार ५ सय रुपैयाँ कायम भएको हो। हिजो प्रतितोला छापावाल सुन १ लाख ८४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी १ हजार ९१० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदी तोलाको १ हजार ९१० रुपैयाँमा किनबेच भएको थियो।