एकैदिन ७ अर्बले घट्यो बैंकिङ्ग निक्षेप

सिडी रेसियो ७९ दशमलव ३९ प्रतिशत


काठमाडौं – पछिल्लो  समय बैंकिङ्ग प्रणालीको निक्षेपमा भारी रकमको गिरावट देखिएको छ । केन्द्रीय बैंकको वैशाख १६ गतेको तथ्यांकअनुसार बैंकिङ्ग प्रणालीको निक्षेपमा एकैदिन ७ अर्बको गिरावट देखिएको हो । 

तथ्यांकअनुसार वैशाख १५ गते बैंकिङ्ग प्रणालीमा ६८ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट घटेर ६८ खर्ब  ३८ मा खुम्चिएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि ६ अर्ब रुपैयाँको गिरावट देखिएको छ । 

सो समयमा कर्जा लगानी भने स्थिर रहेको छ । वैशाख १५ गते ५५ खर्ब १२ अर्ब रुपैयाँ कर्जा लगानी भएकोमा भोलिपल्ट पनि सोही रकम बराबरको कर्जा लगानी भएको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुका कर्जा लगानीमा भने १ अर्ब रुपैयाँकाे गिरावट देखिएको छ । 

केन्द्रीय बैंकका अनुसार सो समयमा अन्तर बैक ब्याजदर ३  प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३९ प्रतिशत रहेको छ ।