काठमाडौं – अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा नारायणी अस्पताल, वीरगंजको आकस्मिक कक्ष भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा द्दायर भएको छ । कम्पनीका तत्कालीन प्रमुख मेडिकल सुपरिटेन्डेन्ट संजय कुमार ठाकुरसमेत ९ जना र लुम्बिनी मिसन- जेभीमाथि सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो।
तत्कालीन मेसु सञ्जयकुमार ठाकुर, सहरी विकास तथा भवन निर्माण कार्यालय वीरगन्जका तत्कालीन कार्यालय प्रमुख राजेन्द्र साह र इन्जिनियर सकुर अन्सारी, नारायणी अस्पतालका तत्कालीन नासु सुशीलप्रसाद यादव र लेखापाल सुदीपकुमार माझी, मूल्यांकन समितिका संयोजक वीरेन्द्रकुमार प्रधान र सदस्यसचिव माधवी चौधरी र लुम्बिनी मिसन जेभीका जगत बुढा र विष्णुप्रसाद शर्मालाई प्रतिवादी बनाइएको छ।
अस्पतालको टेरलक ब्लक बिछ्याउने कार्यको लागी कूल लागतको ३.५प्रतिशत हिस्सा इन्टरलक ब्लक बिछ्याउने रहेको थियो। आव २०७७ /२०७८ मा अस्पतालको आकस्मिक कक्ष निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा विपरीत हुने गरी इन्टरलकिङ टाइल निर्माण गरीएको थियो । आयोगले प्रतिवादीहरुसँग बिगो रुकम १ करोड ४८लाख ३८ हजार माग गरेको छ ।





About Us
प्रतिक्रिया