कारोबारको पहिलो दिननै ओम मेगाश्री फर्मास्युटिकल्सकाे शेयर मूल्यमा सकरात्मक सर्किट


काठमाडौ – ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर मूल्यमा पहिलो कारोबारको दिन नै सकारात्मक सर्किट लागेको छ । आइतबार कम्पनीको पहिलो कारोबारको प्रतिकित्ता २७० रुपैयाँमा खुला भएसँगै शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले न्यूनतम ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो । सुरुवाती कारोबार २७० रुपैयाँ प्रतिकित्तामा सुरु भएको कम्पनीको शेयर मूल्य बन्द हुँदा सम्म २७ रुपैयाँले बढ्यो ।

यससँगै बजार बन्द हुँदासम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता २९७ मा पुगेर बन्द भएको हो  ।