काठमाडौं– पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल राष्ट्र बैंकको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको बताए ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
साथै, कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय राष्ट्र बैंकको भूमिका स्पष्ट नभएको भन्ने गुनासो सुनिएको बताए ।
उनले जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन, राष्ट्र बैंकलाई स्पष्ट निगरानीको अधिकार प्रदान गर्न र डिजिटल बैंकिङ्गको कानुनी आधार तयार गर्न नीतिगत सुधारको खाँचो रहेको औँल्याए ।






About Us
प्रतिक्रिया