स्रोत नखुलेको भारु सहित दुईजना भारतीय नागरिक गौरबाट पक्राउ

स्रोत नखुलेको भारु सहित दुईजना भारतीय नागरिक गौरबाट पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। गौर नगरपालिका १ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।