काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्र र राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई थप हिरासतमा राख्न प्रहरीले अनुमति माग्ने तयारी गरेको छ । चैत १५ गते मा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई भड्काएको आरोपमा पक्राउ परेका र ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईँविरुद्ध अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय हिरासतमा राख्न अनुमति माग्ने तयारी गरेको हो ।
१४ वैशाखमा ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर कामाडाैंका एसपी अपिल बोहराले जानकारी दिए ।
उनले बैंकिङ्ग समाचारलाई भने ,’७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएपछि फेरि अनुमति माग्ने तयारी गरेका हाैँ। आज २-३ बजे अनुमतिका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदैछौं ।’
तीनकुनेको राजावादी प्रदर्शनका ‘जनकमान्डर’ प्रसाईँविरुद्ध कर्तव्य ज्यानसहित ज्यान मार्ने उद्योग, आपराधिक उपद्रव, सङ्गठित अपराध र राजद्रोहको समेत मुद्दा लगाइएको छ । मिश्रलाई भने राजद्रोह र सङ्गठित अपराधको मुद्दा चलाइएको छ ।






About Us
प्रतिक्रिया