कर संकलनको कार्य आजैबाट सुरु गर्न अर्थमन्त्रीको निर्देशन 

कर संकलनको कार्य आजैबाट सुरु गर्न अर्थमन्त्रीको निर्देशन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
अर्थमन्त्री बिष्णु पौडेलले आजैबाट राजस्व संकलनमा सुधार ल्याउँन राजस्व विभाग र भन्सार विभागका प्रमुखसँग छलफल गरेका छन् । सो क्रममा राजस्वको लक्ष्य र संकलनको अन्तर ठुलो रहेकोले प्रशासनका कर्मचारीहरुको साझा प्रतिवद्धता खोजिएको बताएका छन् ।

उनले प्रमुख लगायतलाई आफ्नो जिम्मेवारी पुरा गर्न निर्देशन दिदै आजैबाट दैनिक रुपमा राजस्व संकलनमा उल्लेखनीय सुधार हुनुपर्ने बताएका हुन् । लक्ष्य अनुसार राजस्व संकलन गर्न सोही बमोजिमको आवश्यकता सहयोग र समन्वय गर्न अर्थमन्त्रालय तयार रहेको समेत बताए । ‘मन्त्रालयबाट आवश्यक सहयोग र समन्वयको साथै, सहजीकरण हुनेछ । साथै कर कानुन पालना नगर्नेलाई छुट नहुने र निर्दाेशलाई त्रसित नपार्नेगरी कार्य गर्नुस् ।’ उनले प्रमुखलाई निर्देशन दिए ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख लगायतको उपस्थिति थियो । कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिवद्धता जनाए ।