ई-सेवाको आन्तरिक रेमिट्यान्स पूर्णरुपमा बन्द

ई-सेवाको आन्तरिक रेमिट्यान्स पूर्णरुपमा बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाई गरेसँगै ई–सेवा मनि ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको छ। 

ई–सेवा मनि ट्रान्सफरले आन्तरिक रेमिट्यान्स कारोबारलाई राष्ट्र बैंकले कडाइ गरेकाले पुस १७, आइतबारदेखि लागू हुनेगरी पूर्ण रूपमा बन्द गरेको बताएको हो। रेमिट्यान्स कम्पनीको मुख्य काम देशबाहिरबाट विदेशी मुद्रा स्वदेश भित्र्याउन (इनवार्ड रेमिट) रहेको भन्दै आन्तरिक रेमिट्यान्सलाई बन्द गरी विदेशी रेमिट्यान्समा वृद्धि गर्ने उद्देश्य ई–सेवा मनि ट्रान्सफरको रहेको जनाएको छ। 

कम्पनीले आन्तरिक रेमिट्यान्स कारोबारलाई नियामक निकायले कडाइ गर्दै गएको, डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्नुपरेको लगायत कारण आइतबारदेखि आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपमा बन्द गरेको ई–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले कम्पनीको सम्पूर्ण ध्यान विदेशबाट स्वदेशमा रेमिट्यान्समार्फत विदेशी मुद्रा भित्र्याउन उपयोग गर्न आन्तरिक रेमिट्यान्स कारोबार पूर्ण रूपले बन्द गर्ने बोर्डले निर्णय गरेको बताए। सीईओ कोइरालाले विप्रेषण विनियमावली ०६७ विनियम ७ को खण्ड ९ञ० मा विप्रेषकले विदेशबाट विप्रेषणका रूपमा विदेशी मुद्रा प्राप्त गर्ने (इनवार्ड रेमिट्यान्स) कार्य मात्र गर्न पाउने व्यवस्था अनुसार नै काम गर्दै आएको बताए।

उनले राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीले विदेशबाट रेमिट्यान्समा विदेशी मुद्रा प्राप्त गर्ने कार्य मात्र गर्न पाउने व्यवस्थाको पूर्ण रूपमा पालना गर्न निर्देशन दिएकाले राष्ट्र बैंकको  निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक रेमिट्यान्स कारोबार बन्द गरिएको उल्लेख गरे।