काठमाडौं – नेपाली कांग्रेसकी सांसद माया राई सहकारी ठगी प्रकरण र संगठित अपराधको कसुरमा पाँच दिनको म्याद थप भएको छ । सांसद राईलाई काठमाडौं जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको हाे ।
उनी १३ वैशाखमा पक्राउ परेकी थिइन् । राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा गरेको आरोप छ ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।






About Us
प्रतिक्रिया