साताको सुन कारोबार: प्रतितोला ६२ सयले घट्यो मूल्य 


काठमाडौं – यो  साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि देखिएको थियो । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला १ सय रुपैयाँ बढेको थियो । आइतबार प्रतितोला छापावाल सुन १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भयो।

यस्तै, आइतबार  सामान्य वृद्धि देखिएको सुनको मूल्यमा सोमबार प्रतितोला १४ सय रुपैयाँले घटेको थियो । त्यसदिन प्रतितोला सुन  १ लाख ८८ हजार ३ सय रुपैयाँमा कारोबार भयो । सोमबार घटेको सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रुपैयाँ बढ्यो । मूल्य बढेसँगै मंगलबार प्रतितोला सुन मूल्य १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भयो । 

यस्तै, बुधबार सुन प्रतितोला सात सय रुपैयाँले घट्दै १ लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भयो। बिहीबार प्रतितोला ४ हजार ६ सय रुपैयाँ घट्दै प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भयो। यसैगरी साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य स्थिर रहँदै बिहीबारकै मूल्यमा कारोबार भयो । समग्रमा यो साता सुनको मूल्यमा ६ हजार २ सय रुपैयाँको गिरावट देखियो ।