काठमाडौं – सरकारले संविधानको समीक्षा गर्दै सहमतिको आधारमा संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२\८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन्।
संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण गरिनेछ। साथै, यसको विरोधमा हुने कुनै पनि प्रकारका प्रतिगामी, पुनःउत्थानवादी वा अराजक गतिविधिको प्रतिवाद गरिने उल्लेख गरिएको छ।
प्रतिक्रिया