काठमाडौं – सरकारले किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बताएका हुन् ।
साथै, सरकारले कृषि बीमाकाे दायरा बढाउने बताएकाे छ । राष्ट्रपति पाैडेलले आगामी दिनमा कृषि क्षेत्रमा सहजता प्रदान गर्नको लागि कृषि बीमाको पहुँच बढाउने किसिमको नीति पहिल्याउने बताएका छन् ।
साथ, भूमिहीन दलित पक्षलाई सहजता प्रदान गर्ने साथै किसानहरूको सेवा सुविधालाई मध्यनजर गर्दै सोही अनुरूप समन्वय गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएकाे छ ।





About Us
प्रतिक्रिया