नेको इन्स्योरेन्सले बोलायो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?


काठमाडाैं – नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २९ औँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीकाे साधारणसभा जेठ ९ गते  लिसारा रिसेप्सन नक्साल काठमाडौमा हुने भएकाे छ ।

कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको ४८१ औँ  बैंठकले उक्त स्थानमा २९ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीले सधारण सभा प्रयोजनका लागि वैशाख ३० गते शेयर दाखिला खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।