काठमाडौं – काठमाडौं फिनटेकले फिनटेक अलायन्स नेपालको सहकार्यमा ‘युनियनपे नेपाल फिनटेक फेस्टिभल २०२५’ आयोजना गर्ने भएको छ । सो फेस्टिभलको Powered by मा नेपाल क्लियरिङ हाउस आयोजना रहेको छ । सो फेस्टिभल यही वैशाख (May 8, 2025) काठमाडौंमा आयोजना हुने भएको हो ।
उक्त कार्यक्रमलाई ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक फेस्टिभलका आयोजक फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम, र पीएसपी (PSP) एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थन प्राप्त भएको छ।

कार्यक्रम नील क्रस (पूर्व Chief Innovation Officer, DBS Bank), दिपक शर्मा (पूर्व Chief Digital Officer, Kotak Mahindra Bank), समीर सिंह जैनि (CEO, The Digital Fifth), राजेश देसाई (CEO, Lyra Network) लगायत बैंकिङ्ग र फिनटेक क्षेत्रका विश्वप्रसिद्ध व्यक्तित्वहरूले सम्बोधन गर्नेछन्।

पूर्व गभर्नर महाप्रसाद अधिकारी विशेष आतिथ्यमा हुने यो महोत्सवलाई नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू आदिले पनि सम्बोधन गर्नेछन् ।

नियामक निकायका प्रतिनिधिहरू, बैंकर्स, फिनटेक व्यवसायी, शैक्षिक क्षेत्रका विज्ञहरू, र अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहने यस कार्यक्रममा नवीनतम प्रविधि र फिनटेक सोलुसनको प्रदर्शनी, उत्पादन प्रदर्शन, तथा फिनटेक कम्पनीहरूबीचको सहकार्य सम्झौता आदिको विशेष प्रस्तुति रहनेछ ।
नेपाल र क्षेत्रीय फिनटेक विकासको दिशामा महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने यो महोत्सवले डिजिटल वित्तीय भविष्य निर्माणमा ऐतिहासिक योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया