ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ मेगा बैंक जाने चर्चा

ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ मेगा बैंक जाने चर्चा

9.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

मेगा बैंकमा डि.सिइओ पद खाली  भएसँगै हाल ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेश ढकाल मेगा जाने चर्चा चलेको छ । तत्कालिन टुरिज्जम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका ढकाल मेगा बैंकमा टुरिज्जम डेभलपमेन्ट बैंक गाभिएपछि उनी तेस्रो तहमा थिए । उनी त्यहाँ चिफ बिजनेस अफिसर थिए । मेगा छाडेर ढकाल ग्लोबल आइएमइ बैंकको डेपुटी सिइओ नियुक्त भएका हुन्। उनले नेपाल बैंकमा लामो समय काम गरेका छन्। 

तर डेपुटी सिइओ ढकालले भने मेगा जाने बारे सोचेको भएपनि हाल सम्म कुनैपनि औपचारिक कुरा भने नभएको बताएका छन् । उनले भने, ‘मेगा बैंकमा डिपुटी सिइओ पद खाली रहेको छ, तर हाल सम्म मैले कुनैपनि औपचारिक कुरा भने गरेको छैन अब छिट्टै कुरा गर्ने र बैंकसँग कुरा मिलेको खण्डमा भने मेगा जाने विचार गरेको छु,’ उनले भने ।

तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रहिसकेका ढकाल चाटर्ड एकाउन्टेन्ट हुन् । मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएपछि उनी ग्लोबल आईएमई बैंकमा डेपुटी सिइओ बनेका थिए ।
ढकाल चार्टर्ड एकाउन्टेन्टसमेत हुन्। पृथ्वी नारायण क्याम्पस पोखरामा अध्ययन गरेका उनले चार्टर्ड एकाउन्टेन्ट भारतबाट गरेका हुन्।