विजय लघुवित्तमा रोजगारीको अवसर



काठमाडौं – विजय लघुवित्त वित्तीय संस्थामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले केही संख्यामा कर्मचारी माग गरेको हो । संस्थाले सहायक, कनिष्ट सहायक र कनिष्ट सहायक– प्रशिक्षार्थी गरी तिन पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा आवेदन इच्छुक योग्यता पुगेका व्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिनमा आवेदन दिन सक्नेछन् । साथै, १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, १२ पास वा सो सरहको परीक्षामा उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्ष काम गरेको अनुभवी व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि यस संस्थाको बेवसाइड मार्फत आवश्यक कागजात सहित रित पु¥याई आवेदन दिन सक्नेछन् ।