मेगा बाट राजिनामा दिएकी रविना देशराज श्रेष्ठले सार्वजनिक गरिन विदेशी प्रेमी

मेगा बाट राजिनामा दिएकी रविना देशराज श्रेष्ठले सार्वजनिक गरिन विदेशी प्रेमी

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएकी रविना देशराज श्रेष्ठले आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गरेकी छन्। उनले एक साताअघि मात्रै राजिनामा दिएकी हुन् ।

रविनाले सामाजिक सञ्जालमा ३२ वर्षको बैंकिङ करिअरबाट बाहिरिएपछि आफ्ना प्रेमीलाई चिनाउन पाउँदा खुसी लागेको बताएकी छन्।

मेगा बैंकबाट राजीनामा दिँदै बैंकिङ करिअर छाडेकी रविनाले सामाजिक सञ्जालमार्फत आफ्ना प्रेमीको तस्बिर सार्वजनिक गर्दै सबैलाई शुभकामना र आर्शीवादको अपेक्षा राखेकी छन्। तस्विर सार्वजनिक पछि सामाजिक सञ्जालमा बधाईको ओइरो नै लागेको छ ।

लामो समयदेखि एकल जीवन बिताउँदै आएकी रविना नायिका प्रियका कार्कीकी सासु हुन् । उनका दुई छोरा आयुशमान र असिरमान नेपाली सिनेमा क्षेत्रमै छन् ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेकी रविना नबिल बैंक हुँदै मेगा बैंकमा स्थापनाकालदेखि कार्यरत थिइन्। मेगा बैंक नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने भएपछि उनी इन्भेस्टमेन्ट बैंकमा डेपुटी सीईओ हुने सहमति भएको थियो। तर, उनले ठूलो बैंकको डेपुटी सीईओको पद अस्वीकार गर्दै राजीनामा दिएकी थिइन् ।

\"\"