यो श्रम बजारसम्बन्धी सूचना प्रणाली श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको आधिकारीक सूचना प्रवाह गर्ने एउटा सामाजिक सञ्जाल हो । मन्त्रालयका अनुसार श्रम संसार राष्ट्रिय श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना सहजै उपलब्ध गराउने उद्देश्यका साथ निर्माण गरिएको एक सूचना प्रणाली हो ।
यस प्रणालीमा तीनै तहका सरकार, रोजगार खोजकर्ता, रोजगारदाता, तालिम प्रदायक, स्वरोजगार, तथा श्रम बजारका अन्य सरोकार भएका निकायसमेत आवद्ध रहने भएकाले श्रम बजारसँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी प्राप्त गर्न सकिने छ।
यस पोर्टल सङ्घ तथा प्रदेश सरकारको समन्वयमा हरेक स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुनेछ । यसको प्रयोगले देशभर रहेका रोजगारीका अवसरबारे जानकारी लिई सहिजै आवेदन दिन सकिने मन्त्रालयले जानकारी दिएको छ । सीपमूलक तालिमबारे जानकारी लिन तथा सजिलै आवेदन दिन सकिने र स्वरोजगारसमेतले आफ्नो सीपको विज्ञापन गर्न सक्ने यस पोर्टलको विशेषता हो।
पोर्टलमा निःशुल्क दर्ता तथा सञ्चालन प्रक्रियाको व्यवस्था गरिएको छ । श्रम बजार सम्बन्धित नीति, नियम तथा जानकारी पोर्टलमा उपलब्ध हुनेछ। मन्त्रालयले यसको सहज पहुँचका लागि यही वैशाखभित्र ‘आइओएस’ र ‘एन्ड्रोइड’ दुवैमा उपलब्ध मोबाइल एपस्को सुरुवात गर्ने जनाएको छ।
पोर्टल सञ्चालन, अन्तरतह समन्वय तथा निजी क्षेत्रको आवद्धता सुनिश्चित गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध मिलाउने विषयमा भएका आगामी योजनाका बारे पनि मन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०२३ मा कोशी प्रदेशमा विकास गरी प्रारम्भिक रूपमा विराटनगर, इटहरी र दुहबी नगरपालिकामा परीक्षण गरिएको थियो ।
छोटो समया उल्लेखनीय सफलता हासिल गरेको भन्दै कोशी प्रदेशका एक सय ३७ वटै स्थानीय तह यस प्रणालीमा आवद्ध भएका थिए । देशभरका सात सय ५३ वटै स्थानीय तहलाई श्रम संसार पोर्टमा समेट्न मन्त्री भण्डारीको अग्रसरतामा प्राविधिक समितिले काम गरेको थियो । मन्त्रालय र स्वीसकन्ट्याक्टबीच गत मार्च १० मा सम्पन्न पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनका अवसरमा ‘श्रम संसार’ प्रणालीलाई देशव्यापी रूपमा विस्तार गर्ने साझेदारीमा हस्ताक्षर भएको थियो ।






About Us
प्रतिक्रिया