कालिका लघुवित्तको संस्थापक समूहको शेयर बिक्रीमा 


काठमाडौं –  कालिका लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।  संस्थाले शेयर बिक्री गर्न इच्छुक ३ जना शेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको हो । 

उक्त शेयर बिक्री गर्न इच्छुक शेयरधनीहरूमा रुद्र प्रसाद शर्मा, लक्ष्मी सुवेदी र महान बहादुर गुरुङ रहेका छन् ।  कम्पनीले रुद्रको ७ हजार १ सय ४० कित्ता, लक्ष्मीको २ हजार कित्ता र महान बहादुरको १ हजार ५ सय कित्ता शेयर बिक्रीमा राखेको हो । 

उक्त शेयर खरिद गर्न इच्छुक साबिक संस्थापक शेयरधनीहरु बाहेक अन्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्रमा आवेदन दिन सक्नेछन् । आवेदन दिनको लागि आवश्यक कागजात संलग्न गरी संस्थाको कार्यालय पोखरा कास्कीमा लिखित निवेदन दिन सक्नेछन् ।