काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । कम्पनीले संस्थापक शेयर बिक्री गर्न इच्छुक २ संस्थापक शेयरधनी र एक कम्पनीको शेयर बिक्री गर्ने भएको हो ।
उक्त शेयर बिक्री गर्ने इच्छुक कम्पनीमा एनआरएन इन्फ्रान्टक्चर एण्ड डेभलपमेन्ट रहेको छ भने, संस्थापक शेयरधनीमा विनिता उपाध्याय र माधव प्रसाद पन्थी रहेका छन् । कम्पनीले एनआरएनको ५ लाख ५० कित्ता र विनिताको १ लाख १० हजार कित्ता र माधवको ७८ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने भएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक हाल कायम संस्थापक शेयर धनीहरूले सूचना प्रकाशित मितिले ३५ दिनभित्रमा आवेदन दिन सक्नेछन् । आवेदन कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा दिन सक्नेछन् ।





About Us
प्रतिक्रिया