आईपीओ निष्कासन गर्दै एलिभेसन इनर्जी म्यानेजमेन्ट


काठमाडौं – एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्काशनकाे प्रस्तावसहित विशेष साधारण सभा डाकेकाे छ । कम्पनीले सभा आगामी जेठ २ गते त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ८ बजेदेखि सुरू गर्ने भएकाे हाे ।

उक्त सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तिायारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।