सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ६०० रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो। हिजो बुधबार प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेर १ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ९६५ रुपैयाँमा किनबेच भएको थियो।