बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश दर घटेको छ। पोहोर १० प्रतिशत लाभांश वितरण गरेको इन्स्योरेन्सले गत आर्थिक वर्षका लागि ७.३५ प्रतिशत लाभांश घोषणा गरेको हो।
सञ्चालक समितिले प्रस्तावित लाभांशको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी ०.३५ प्रतिशत कर प्रयोजनका लागि नगद दिँदैछ। लाभांश कायम चुक्ता पुँजीमा प्रस्ताव गरिएको छ।
अहिले लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३१ करोड २७ लाख रुपैयाँ छ। बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४० करोड ४५ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश बीमा प्राधिकरण र कम्पनीको साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनी मर्जरमा जाँदैछन्। दुई कम्पनीबीच एक आपसमा मर्जरमा जान प्रारम्भिक सहमितपत्रमा हस्ताक्षर पनि भइसकेको छ।






About Us
प्रतिक्रिया