पदको दुरुपयोग गरेका नेपाल बैंकका पुर्व अध्यक्ष डा. अधिकारी कारबाहीमा, पाँच लाख जरिवाना


काठमाडौं – सरकारको स्वामित्वमा रहेको नेपाल बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र बैंकले नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका तत्कालिन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाईदा हुने क्रियाकलापमा संलग्न रहेको भन्दै कारबाही गरेको छ ।

राष्ट्र बैंकको व्यवस्थामा सञ्चालकले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन नपाइने बताएको छ । तर अध्ययक्ष अधिकारीले भने व्यवस्थाको उल्लंघन गरेकोले राष्ट्र बैंक ऐन, २०५८ को बमोजिम नगद पाँच लाख जरिवाना गर्ने निर्णय गरेको बताएको छ ।

त्यस्तै, नेपाल बंैक लिमिटेड र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौता अनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको पाइएको छ । बजेट तथा कार्यक्रम र रणनीतिक योजना बिच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नविकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुबिच आपसी समन्वय गर्न/गराउन नसकेको देखिएकोले प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ ।