निष्कृय कर्जालाई वर्गीकरण नगर्दा राष्ट्र बैंकको कारबाहीमा पर्यो कुमारी बैंक


काठमाडौं – कुमारी बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । कुमारीले निष्कृय कर्जालाई वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले कारबाही गरेको हो ।

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको समेत पाइएको छ । कुमारी बैंकले राष्ट्र बैंकको निर्देशन विपरित काम गरेको भन्दै बैंकमा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराएको हो ।