काठमाडौं– सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ । राष्ट्र बैंकले कर्जाहरुलाई सुक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो ।
राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८० को बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको भन्दै कारबाही गरेको हो ।
यस्तै बैंकले राष्ट्र बैंकबाट जारी चालुपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन) मा भएका कतिपय व्यवस्थाहरुको पूर्ण पालना गरेको नपाइएकोले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम सचेत गराएको बताएको छ ।





About Us
प्रतिक्रिया