काठमाडौं – आज बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर सिफारिस समितिलाई पूर्णता दिएको छ । सरकारले सिफारिस समितिबाट विजयनाथ भट्टराईले राजीनामा दिएपछि खाली भएको समितिमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेर पूर्णता दिएको हो ।
यससङ्गै गभर्नर नियुक्ति प्रक्रिया अघि बढेको छ । सरकारले २०८१ को चैत २४ गते नै गभर्नर नियुक्त गरिसक्नु पर्ने हो । यही नीतिअनुसार २०८१ चैत १९ गते अर्थमन्त्री विष्णु प्रसाद पौडेलको नेतृत्वमा भट्टराईसहित विश्व पौडेल सम्मीलित समिति गठन भएको थियो ।
तर, विविध कारणले महिना दिन बितिसक्दा समेत नियुक्त गर्न सकेको छैन । आज सर्वोच्च अदालतले भावी गभर्नरकारुपमा नाम चलेका डा. गुणाकर भट्टविरुद्ध परेको रिट खारेज गरेको थियो ।
यससङ्गै मन्त्रीपरिषद बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समितिमा राख्ने निर्णय गरेको हो । अधिकारी समितिको सदस्यमा नियुक्त भएसङ्गै समितिले पूर्णता पाएको छ ।
अब समितीले दुई सत्ताधारी राजनितिक दल नेपाली काङ्ग्रेस र नेकपा एमालेका नेतृत्व शेरबहादुर देउवा र केपी शर्मा ओलिबिचको सम्झौता अनुसार ३ जनाको नाम सिफारिस गर्ने छ । जसमध्येबाट डा. भट्ट गभर्नर बन्ने बताइएको छ ।
तर, डा. भट्टसङ्गै कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गाना समेत बलियो प्रत्यासीकारुपमा छिन । यदि ओलिको अडान सफल भएमा राष्ट्र बैंकले पहिलो महिला गभर्नर पाउनेछ । उनलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलिनै लागेको बताइन्छ ।
प्रतिक्रिया