चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च


काठमाडाैं – सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृतरूपमा पत्र लेख्नेको विषयमा छानबिन गरी कानुन कारबाही प्रक्रिया अघि बढाइसकेको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरिसकेको जानकारी दिए ।

सर्वोच्च अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतको शाखा अधिकृतले चनं १९२७७ मिति २०८२/०१/१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडाैंलाई लेखिएको पत्र अनधिकृत रहेकाले उक्त माथि उल्लेखित चनं र मितिको अनुरोधपत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रकृया सुरु गरिएको व्यहोरा सबैमा जानकारीको लागि अनुरोध छ ।’