नेप्सेमा ८ अंकको गिरावट,९ अर्ब ३७ करोडको कारोबार

‘बैंकिङ्ग समूहमा ८ दशमलव ४६ अंकको गिरावट’


काठमाडौं – बुधबार पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव १४ अंकले घटेर २,६२३ को विन्दुमा कायम भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ४६ लाख ४१ हजार २६१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम बढेको हो । हिजो साढे ७ अर्ब बढीको मात्रै कारोबार भएको थियो।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५८ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोपावरको ५० करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोको ४२ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सिनर्जी पावरका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।