५ सय दरका ७ थान भारतीय नक्कली नोटसहित एक जना पक्राउ


काठमाडौं – मोरङको विराटनगर महानगरपालिका– १३ बाट भारतीय ५ सय दरका ७ थान नक्कली नोट सहित भारत बिहार अररिया बस्ने १९ वर्षीया सिम्पी बैसन्तिलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

सोही ठाउँस्थित किराना पसलमा सिम्पीले सामान किने पश्चात् नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।