एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको सूचीकृत शेयरमा लगानी बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले मङ्सिर मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरणअनुसार कात्तिक महीनाको तुलनामा मङ्सिर महीनामा फण्डको सूचीकृत शेयरमा लगानी बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डले सूचीकृत शेयरमा २० करोड ५८ लाख लगानी गरेकोमा मङ्सिर मसान्तसम्म बढेर  २० करोड ८५ लाख पुगेको हो ।

सूचीकृत शेयरमा लगानीसँगै फण्डको न्याभ पनि बढेको छ । कात्तिक मसान्तसम्ममा फण्डको न्याभ १० दशमलव शून्य ५ रहेकोमा मङ्सिर मसान्तमा बढेर १० दशमलव शून्य ९ पुगेको हो । 

त्यसैगरी यस फण्डले मङ्सिर मसान्तसम्ममा १ करोड ७६ लाख नाफा कमाएको छ । यो नाफा कात्तिक मसान्तको तुलनामा मङ्सिर मसान्तमा २९ प्रतिशत वृद्धि भएको हो । फण्डले कात्तिक मसान्तसम्ममा १ करोड ३६ लाख नाफा कमाएको थियो । कात्तिक महीनामा फण्डको जम्मा आम्दानीमा वृद्धि भएकाले नाफामा वृद्धि भएको हो ।

कात्तिक मसान्तसम्ममा फण्डको आम्दानी  २ करोड १ लाख आम्दानी भएकोमा मङ्सिर मसान्तसम्म बढेर २ करोड ५६ लाख पुगेको छ ।