१० वाणिज्य बैंकको साधारणसभा बाट लाभांश पारित, कुन कुन बैंकको भयो साधारणसभा बाट लाभांश पारित ?

१० वाणिज्य बैंकको साधारणसभा बाट लाभांश पारित, कुन कुन बैंकको भयो साधारणसभा बाट लाभांश पारित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
वाणिज्य बैंकहरुले लाभांशको प्रस्ताव गरेकोमा  बैंकहरुले लाभांश प्रस्ताव गरेकोमा १० वाणिज्य बैंकको भने सभाबाट लाभांश प्रस्ताव पारित भएको छ । 
त्यस्तै, ११ वटा बैंकको हाल सम्म लाभांश प्रस्ताव गरेपनि लाभांश पारित भने भएको छैन । साथै, ४ वटा बैंकले भने यस बर्ष लाभांश पारित गर्न भने पाउँने छैनन् । जसमा एनआइसी एसिया बैक, सनराईव बैंक, लक्ष्मी बैंक, माछापुच्छे बैंकका लागनीकर्ताको हात खाली हुने भएको छ । यद्यपी, कृषि विकास बैंकले भने हाल सम्म लाभांश पारित गरेको छैन् । 

सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कुमारी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

बैंक अफ काठमाण्डुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चूक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १४.९५ प्रतिशत नगद गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गरेको हो ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद गरी कूल २०.६८ प्रतिशत लाभांश वितरण गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १०.६ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल १३।६ प्रतिशत लाभांश वितरण गरेको हो ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कूल १०.९९ प्रतिशत लाभांश वितरण गरेको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद गरी कूल ११ प्रतिशत लाभांश वितरण गरेको हो ।

मेगा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश गरी कूल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश वितरण गरेको हो ।