काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । आज सुनको मूल्य ७ सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आज प्रतितोला छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर एक हजार ९६५ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया