‘अर्थमन्त्रीले शेयर बजारको नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’:राधा पोखरेल

‘अर्थमन्त्रीले शेयर बजारको नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’:राधा पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
ने.क.पा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री नियुक्त भएसँगै शेयर लगानीकर्ता उत्साहित भएका छन् । यस अघिपनि पौडेल अर्थमन्त्रीमा हुदाँ शेयर बजारमा सुधार भएका र पूर्वअर्थमन्त्री जनार्दन शर्माको समयमा शेयर बजार ओरालो लागेको कारण पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै शुभकामना दिन अर्थमन्त्रालय पुगेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताएकी छन् । उनले भने, ‘यस अघि पनि उहाँ अर्थमन्त्री हुदाँ शेयर बजार राम्रै भएको थियो तर बिचमा जनार्दनको समयमा भने शेयरले गति लिन नसकेको उहाँले नीतिगत सुधारमा पनि चासो नदिएको बताउनु भएको छ । साथै, हालको अर्थमन्त्रीले हामीले राखेको माग जस्तै, शेयरबजारलाई नीतिगत सुधारको लागि ध्यानाकर्षण गराउन र उहाँलाई सफल कार्यकालको शुभकामना दिन गएका हौ । ’ उनले बैंकिङ्ग समाचारलाई बताइन् ।

अर्थमन्त्री पौडेलको कार्यकाल २०७२र७४ मा नेपालको इतिहासमा पूँजीबजारले रेकर्ड ब्रेक गर्न सफल भएको थियो । उक्त अवसरमा तेस्रो पटक अर्थमन्त्रीमा नियुक्त पौडेलले आउँदा दिनमा पनि आफ्नो तर्फबाट विगतमा भन्दा राम्रो कार्य गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । 

अर्थमन्त्री पौडेलको नयाँ कार्यकालमा पूँजीबजारले फड्को मार्ने विश्वास लिएको संघकी अध्यक्ष पोखरेलले बताइन् ।