काठमाडौं – नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट बैंकबाट सुन खरिदका लागि सिफारिस दिँदा व्यवसायीबाट शुल्क लिन नपाउने विषयमा जानकारी गराएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्थाअनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेकोले साे पालना गर्न आग्रह गरेको हो ।
केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएकाे छ,’ सुन आयात तथा विक्री वितरण सम्बन्धमा ‘सुन आयात तथा विक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ विद्यमान रहेको र उक्त कार्यविधिको दफा १४ मा व्यवस्था भएबमोजिम सुन व्यवसाय सम्बन्धी संघ महासंघले वाणिज्य बैंकबाट सुन खरिद गर्ने व्यवसायीलाई सिफारिस गर्दा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क लिन नपाइने व्यवस्था रहेको हुँदा सुन खरिदको लागि सिफारिस प्रदान गर्ने संघ महासंघ र सिफारिस लिने व्यवसायीले उक्त व्यवस्थाको पालना गर्नु/गराउनु हुन विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ दफा १४ ले दिएको अधिकार प्रयोग गरी यो सूचना प्रकाशन गरिएको छ ।’






About Us
प्रतिक्रिया