काठमाडौं – शेयर बजार साताको तेस्रो दिन ११.६४ अंकले घट्दा २६३५.४२ को विन्दुमा कायम भएको छ । आज ५७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८२ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ६२ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४६ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । राधि विद्युतका लगानीकर्ताले ७ दशलमव ४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले गुमाएका हुन् । आज म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबैको उपसूचकमा गिरावट आएको छ ।





About Us
प्रतिक्रिया